HOME
kb = ख्रीष्टीय भजन;
mg = महिमाका गीतहरू (Songs of Glory) (mg19 for 2019 ed.); sz = सियोन के गीत (Song of Zion);
su = The Songs of Upasana; spg = स्तुती प्रशंसाका गीतहरू (spg18 for 2018 ed.); sd = स्वर्गीय धुन (Heavenly Melody)
s = song;
hs = Hindi song; c = chorus; hc = Hindi chorus; he = Hindi-English chorus; ch = children's song; ns = new song; np = new praise song; nw = new worship song; ms = more song
स्केल (Scale):ताल (Time Signature)red = Nepali; blue = Hindi; black = no lyrics yet
अ । आ । इ । ई । उ । ऊ । ऋ । ए । ऐ । ओ । औ । क । ख । ग । घ । ङ । च । छ । ज । झ । ञ । ट । ठ । ड । ढ । ण । त । थ । द । ध । न । प । फ । ब । भ । म । य । र । ल । व । श । ष । स । ह । क्ष । त्र । ज्ञ
को. फराकिलो छ बाटो विनाशमा पुग्नलाई
साँगुरो छ बाटो मीरासमा पुग्नलाई ।
कुन बाटो जाने ? कुन बाटो लिने ?
बाटो र सत्य, ज्योति र जीवन प्रभु येशू ख्रीष्टनै हुन् । (२)
१. बाइबलले भन्छ “धर्मी कोही छैन, एउटै पनि छैन”
बुझ्ने कोही छैन, खोज्ने कोही छैन, सत्य ईश्वरलाई ।
सत्य प्रभु ख्रीष्ट येशू हुन्, सारा विश्वका उद्धारकर्ता
सोची हेर, निर्णय गर, इन्कार अब नगर ।
२. धर्मकर्मले धर्मी कोही बन्दैन, स्वर्ग कोही पुग्दैन,
आफ्नै कोसिसले, आफ्नै विवेकले केही हुने होइन ।
पापको ज्याला मृत्यु नै हो, तर ख्रीष्टमा अनन्त जीवन छ,
खोजी हेर जाँची हेर अविश्वासी नबन ।
३. रगत नबगाई पापको क्षमा छैन, मुक्ति पाउने छैन,
पापको क्षमा छ, फर्की हेर क्रूसलाई, मुक्तिदातालाई,
दुई हात फैलाई बोलाउँदै छन्, प्रभुले तिम्रा पाप धोइदिनलाई,
सोची हेर, निर्णय गर, अन्योलमा नपर ।को. फरिया माथि (चौबन्दी चोली) (२)
गाजलु आँखैमा
घुमीघुमी नाचिदेऊ न, मादलुको समला भाकैमा
हा... हा... हा...
१. बादलुको माथि माथि उडिरहुँ जस्तो लाग्छ (२)
हराइरहु जस्तो लाग्छ (२)
सँगैसँगै येशूको साथैमा, सँगै सँगै उनैको साथैमा
हा... हा... हा...
२. अनन्तको जीवन दिने परमेश्वरको वचन राम्रो (२)
अटल अनि सत्य राम्रो (२)
स्वर्गीय राज्य कति रमाइलो (२)
फरिया... भाकैमाकेटी: फर्कि आउन है हे मेरा दाज्यू भाइ हो ।
केटा: फर्कि आउन है हे मेरा दिदी बहिनी हो ।
ग्रुप: मुक्तिदाता प्रभु येशूकहाँ शान्तिदाता प्रभु येशूमा (२)
१. बिलाई जाने यो जीवनलाई किन माया गरी बस्छौँ
एकदिन यो जीवन निश्चय माटोमा मिलेर जानेछ (२)
२. समय अब धेरै छैन है संसारमा घुमी हिँड्नु
आज नै फर्की आउन है मुक्तिदाता प्रभु येशूकहाँ (२)
३. दुई दिनको यो जीवनमा हाँसो र खुशीको साथमा
आनन्दित भएर जिउन आज नै येशूकहाँ आउन (२)
को. (फर्केर नहेर संसारलाई जहाँ दुष्टता भरिएको छ
शैतानको पासोमा परेर धेरै नै आत्मा मरेको छ) (२)
१. (छोएर नहेर संसारलाई त्यहाँ आगो र गन्धक छ) (२)
(बुझेर पनि नबुझ्नेलाई अनन्त मृत्युको सजाय छ) (२)
२. (चाखेर नहेर संसारलाई जहाँ पापको प्याला छ) (२)
(ख्रीष्टलाई चिनेर पनि छोड़्नेलाई आखिरमा दण्डको ज्वाला छ) (२)को. फर्केर हेर क्रूसलाई प्रभुको प्रेम झल्किन्छ
क्रूसको मृत्यु सम्झेर ढुकढुकी मेरो अड़्किन्छ (२)
१. कलवरी पहाड़ थाँतिले क्रूसको काँटीले के भन्छ (२)
कोर्राको धेरै व्यथाले दुःखको सन्देश ले भन्छ (२)
२. दिनभरि घाममा तड़्पिएर प्यासले व्याकुल भएर (२)
भालाको दर्द खपेर प्राण दिए रगत बहेर (२)
३. क्रूसको निर्दयी मृत्युमा आँसुको थोपा आँखामा (२)
फर्केर हेर्छन् हामीलाई पापदेखि छुटकारा दिनलाई (२)को. (फुटेका होइन हामी फिजिएको, पबित्र आत्माले भिजिएको
छुटेका होइनौ हामी छरिएको, ख्रीष्टका प्रेमले भरिएको) (२)
(पबित्र आत्माले भरिएको, ख्रीष्टको प्रेमले भरिएको) (२)
फुटेका होइन हामी फिजिएको, पबित्र आत्माले भिजिएको
१. (कुना-कन्दरा पहाड-तराई, बचन पुराउनु छ
पूर्व-पश्चिम उत्तर-दक्षिण, सत्य सुनाउनु छ) (२)
२. (साना-ठुलो धनि-गरिब, सबैलाई बनाउनु छ
येशूख्रीष्टको प्रेम बुझाई, सबैलाई बुझाउनु छ) (२) को. (फुटेर होइन, जुटेर, लड़ेर होइन, मिलेर
परिचय प्रेमको प्रचार्नु छ, नमूना येशूको देखाउनु छ) (२) ।
१. बड़ेर जाऊ, जितेर आऊ, अखड़ा शैतानको छिन भरमा
(झुकेर आऊ, घुँड़ामा आऊ,
झुकेर आऊ, घुँड़ामा आऊ
विश्वासी हामी एकताको गाँठोमा) (२)
२. गरेर जाऊ, गाएर आऊ, प्रशंसा प्रभुको एक स्वरमा
(सम्झेर आऊ, प्रेममा आऊ,
सम्झेर आऊ, प्रेममा आऊ
विश्वासी हामी येशूको आह्वानमा) (२)को. फूल झैं यो सुन्दर जीवन
एक दिन त झरी जाने हो (२)
फेरि यसलाई वहाँ पाइने हो (२)
१. हर समय बदलिन्छ रुप जिन्दगीको
अन्जान छन् सब भोलि के हुने हो (२)
कसैलाई उज्यालो, कसैलाई अँध्यारो
एक दिन त छोडी जाने हो
फेरि यसलाई कहाँ पाइने हो
को. क्षण भरको यो सुन्दर जीवन
ख्रीष्टको निम्ति साची देऊ न है
फेरि यसलाई कहाँ पाउने हो
२. थाहाँ हुन्न कताकता उड्छ जिन्दगी
मिलन बिछोड बिच हिड्छ जिन्दगी (२)
कहिले उकाली, कहिले ओराली
एक दिन त लडी जाने हो
फेरी यसलाई कहाँ पाइने हो
बिलाई जाने यो सुन्दर जीवन
ख्रीष्टको निम्ति बाँचि देऊ न है
फेरि यसलाई कहाँ पाइने हो१. फूलै राम्रा फुल्दछन्, ईश्वरलाई देखाउँदछन् हाम्रो जीवन त्यस्तै छ, स्वर्गीय प्रेम देखाउँदछ । २. राती जून र तारा छन्, घाम दिउँसो चम्कँदछ हाम्रो जीवन त्यस्तै छ, स्वर्गे ज्योतिले घेर्दछ । ३. सबै मानिस पापी छन्, मुक्ति ख्रीष्टले दिएछन् स्वर्गलोकमा सुख-चैन छ, मुक्ति पाउने तर्दछन् । ४. प्रेम ईश्वरले गरेछन्, येशू पुत्र दिएछन् उनमा विश्वास गर्ने जन, पापी सब बचाइन्छन् ।
१. फेरि हे प्रभु स्तुति गाउँदछौँ, एक मनका भई बिन्ती गर्दछौँ तपाईंका दया हामी गर्छौं याद र घुँड़ा टेकी माग्छौँ आशीर्वाद । २. घर जाँदाखेरि मिलाप दिनुहोस्, यस दिनको अन्तसम्म आशिष् होस् ओठदेखि पाप र हृदयदेखि लाज टाढ़ो गराउनोस् जो सेवा गरे आज । ३. यस आउँदो रातमा दिनू मेल र सुख जसबाट हामीमा नहवस् दुःख र नोक्सानदेखि हामीलाई निकाल्नोस्, हेर्चाह गर्ने हो तपाईंको हाल । ४. सांसारिक जीवनभरि हामीलाई रक्षा गराउनुहोस् जब छ लड़ाइँ जय दिनोस् प्रभु अनि मेल सधैँ मिलापको राजा सर्वदै तपाईं ।