HOME
 
kb = ख्रीष्टीय भजन; mg = महिमाका गीतहरू (Songs of Glory) (mg19 for 2019 ed.); sz = सियोन के गीत (Song of Zion); su = The Songs of Upasana; spg = स्तुती प्रशंसाका गीतहरू (spg18 for 2018 ed.); sd = स्वर्गीय धुन (Heavenly Melody)
s = song; hs = Hindi song; c = chorus; hc = Hindi chorus; he = Hindi-English chorus; ch = children's song; ns = new song; np = new praise song; nw = new worship song; ms = more song
स्केल (Scale):ताल (Time Signature)
red = Nepali; blue = Hindi; black = no lyrics yet

। झ । क्षत्रज्ञ

को. झझल्को छ आज त्यो क्रूसको प्रभु येशूले दुःख सहेको
१.  शरीरबाट रगत बग्यो उनिए भाला कोखामा
    निर्दोष थिए मेरा प्रभुजी झुण्डाए उनलाई त्यो श्रापित क्रूसैमा
२.  निन्दा र गिल्ला सहँदै थुकाई र कुटाई खाँदै
    क्रूसैमा बग्यो रगतको धारा बलिदान भए पापीलाई बचाउनलाई
[शब्द: Unknown; संगीत: Unknown]
१. (झरी पठाऊ) (४)
   (हृदय भिजाउने आत्मालाई धुने) (२)
   (पवित्र आत्माको झरी पठाऊ) (२)
२. (आगो पठाऊ) (४)
   (हृदय जलाउने आत्मालाई खार्ने) (२)
   (पवित्र आत्माको आगो पठाऊ)
[शब्द: Unknown; संगीत: Unknown]
(झरीको प्रभु, तपाईंलाई पुकार्दछौँ, झरीको प्रभु, हामी प्यासी छौँ) (२)
झरीको प्रभु, आउनोस्‌
जागृत गराउनुहोस्‌, (झरीको प्रभु) (२) 
जागृत गराउनुहोस्‌, (झरीको प्रभु) (२) आऊ,
ताजा बनाउनुहोस्‌, (झरीको प्रभु) (२) 
ताजा बनाउनुहोस्‌, (झरीको प्रभु) (२) आऊ,
नयाँ जीवन ल्याउनुहोस्‌ (झरीको प्रभु) (२) नयाँ दाखमध्य पिउनुहोस्‌
(झरीको प्रभु) (२) आउँ, झरी आउँ (६), आउँ, आत्मा, आउँ (६)
(झरीको प्रभु तपाईंलाई पुकार्दछौँ झरीको प्रभु, हामी प्यासी छौँ) (२)
झरीको प्रभु आउनोस्‌ ।
[शब्द: Unknown; संगीत: Unknown]
को. झलल (३) आकाशैमा, सुसन्देश छ है यो चिसो रातैमा
    इम्मानुएल पस्रिनुभो’ बेथलेहेम गाईको गोठैमा
१.  डुँड़ैको कोक्रो, परालको ओछ्यान, कोमल बालक सत्कार छ उनलाई
    बाटो, सत्य जीवन येशू आउनुभो’ संसारैमा, 
    बेथ्लेहेम गाईको गोठैमा ।
२.  चढ़ाउन जीवन भेटीस्वरुप, प्यारो येशूको चरणमा
    सुरङ्गसाथमा वसन्त बहार आशिषित्‌ झरी बनि बर्सिरहनेछ ।
[शब्द: Unknown; संगीत: Unknown]
को. झुण्डेको किल्लाको सहारामा कसले... बुझ्ने... हो
    घिन लाग्दा अंग सबै ती कसले बुझ्ने... हो
    तिम्रो लागी डाँड़ामाथि शरमलाई फालेर
    रगत बगाएर, मर्ने प्रेमी येशू हुन्‌ ।
१.  साथी सबै भागे बैरी आई घेरे
    एकलो अद्भूत मान्छे चुपचाप नै बसे
    प्रतिशोधमा होइन बरू क्षमा दिने गरे उनले त्यो चित्कार (२)
२.  कति गाह्रो बुझ्नलाई क्षमा दिने योजना
    सृष्टिकर्ता स्वयम्‌ बलिको बेदीमा
    गहिरो प्यार सागर झैं अग्लो माया आकाश झैं
    मिल्ने अरू कहाँ हो... (२)
[शब्द: Unknown; संगीत: Unknown]
झुम, घुम, उफ्र ताली बजाऊ (२)
येशूमा तिमी छौ भने झुम
येशूमा तिमी छौ भने घुम
येशूमा तिमी छौ भने उफ्र
येशूमा तिमी छौ भने ताली बजाऊ
[शब्द: Unknown; संगीत: Unknown]